प्रधानमन्त्री उत्साहित, एमाले आक्रोशित

प्रधानमन्त्री उत्साहित, एमाले आक्रोशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई मुलुकबीचको सीमा विवाद समाधानमा भारतीय समकक्षी नरेन्द्र मोदीले देखाएको चासोले आफूलाई उत्साहित बनाएको बताउनुभएको छ । भारत भ्रमणपछि स्वदेश फर्केर आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले समग्रमा भ्रमण फलदायी भएको उल्लेख गर्नुभएको छ । 

उहाँले भन्नुभयो, ‘भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धमा आएको सकारात्मक चासोेले उत्साहित बनाएको छ ।’ 

यता एमालेले भने भारत भ्रमणको क्रममा प्रधानमन्त्रीले गैरजिम्मेवार र राष्ट्रहीत विपरितको अभिव्यक्ति दिएको ठहर गर्दै संसदमा जवाफ मागिने निर्णय गरेको छ ।

आज संसद भवन नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठक प्रधानमन्त्रीसँग गैर जिम्मेवारपूर्ण अभिव्यक्तिबारे जवाफ माग्ने निश्कर्षमा पुगेको हो । एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘हाम्रा मुलुकका सीमा समस्या, त्यस विषयलाई पनि उठाउन सक्नुभएन । ईपीजी प्रतिवेदन बुझ्ने सवाल पनि उठाउनु भएन । तर कालापानी र लिपुलेक दिएर बंगलादेश जाने मार्ग माग्ने उल्लेख गर्नु गम्भीर गैरजिम्मेवारपूर्ण अभिव्यक्ति हो ।’

टिप्पणीहरू