अप्सरा होटलबाट ब्राउनसुगरसहित तीन जना समातिए

अप्सरा होटलबाट ब्राउनसुगरसहित तीन जना समातिए

दाङको घोराहीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१६ का २४ वर्षीय राजन नेपालीसहित तीन जनालाई प्रहरीले समातेको हो । 

विशेष सुराकीको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई अप्सरा होटलबाट एक सय ८० मिलिग्राम ब्राउनसुगरसहित हिजो दिउँसो नियन्त्रणमा लिएको जानकारी गराइएको छ । 

पक्राउ परेका तीनैजनाउपर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू