बराह क्षेत्रमा पनि ब्राउनसुगरका अम्मली

बराह क्षेत्रमा पनि ब्राउनसुगरका अम्मली

सुनसरीको बराह क्षेत्र नगरपालिकामा ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । 

धरान उपमहानगरपालिका वडा नम्बर ११ का ३५ वर्षीय सूर्यकुमार राईसहित अर्का एक जना ११ ग्राम ३ सय ७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन् । 

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बराह क्षेत्रको शुक्रबारेस्थित प्रदेश १–०२–०४२ प ८४०३ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा उनीहरु ब्राउनसुगरसहित समातिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू