शेरबहादुर देउवालाई गगन थापाको चुनौती : नेतृत्व त्याग्न म तयार छु, तपाईं के गर्नुहुन्छ ?

शेरबहादुर देउवालाई गगन थापाको चुनौती : नेतृत्व त्याग्न म तयार छु, तपाईं के गर्नुहुन्छ ?

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी जोगाउन नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् । 

काँग्रेस इतिहासमै अप्ठेरो अवस्थाबाट गुज्रिरहेको भन्दै उनले अब नेतृत्व बदल्ने बेला आएको बताएका हुन् । छापाखाना तथा सञ्चारसम्बद्ध संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले निर्वाचनबाट जितेर संघदेखि प्रदेश र स्थानीय तहसम्मको नेतृत्व लिँदा पनि कार्यकर्ताको निराशा बदल्न नेतृत्व फेरिनुपर्नेमा जोड दिएका छन् । 

आमकार्यकर्ताको पार्टी नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएकाले पार्टीहितका लागि नेतृत्वदायी भूमिकाबाट बाहिर परे आफू तयार रहेको बताउँदै उनले सभापति शेरबहादुर देउवा यसका लागि तयार हो ? भनेर प्रश्नसमेत गरेका छन् ।

‘नेतृत्वले ठीक ढङ्गसँग काम गर्न नसकेको गुनासो आइरहेको छ । हामीले छाडेर पार्टीभित्र राम्रो हुन्छ भने त्यो बेलामा छाडिदिनुपर्छ । पार्टीको महामन्त्री भएर मैले यो भनिराख्दा पार्टीको सभापति यो भन्न तयार हुनुहुन्छ कि हुनुहुन्न ? उहाँ तयार हुनुहुन्छ ?’, थापाले देउवालाई सोधे । 

जहाँबाट समस्या भएको छ त्यहीँबाट समाधान खोज्नुपर्ने बताएका उनले नेतृत्व नसच्चिए पार्टी नबन्ने ठोकुवासमेत गरेका छन् ।

टिप्पणीहरू