विवाह प्रस्ताव अस्वीकार गरेपछि प्रेमिका र काकामाथि छुरा प्रहार

विवाह प्रस्ताव अस्वीकार गरेपछि प्रेमिका र काकामाथि छुरा प्रहार

आफ्नो विवाह प्रस्तावलाई अस्वीकार गरेको झोकमा एक जना युवाले प्रेमिका र उनको काकाको हत्या गरेका छन् । 

रुपन्देहीको कञ्चन गाउँपालिका २ का २२ वर्षीय मोहन थारुले प्रेमिका र उनका काकाको छुरा छोपेर हत्या गरेका हुन् । 

मोहनले कपिलवस्तुको वाणगंगा नगरपालिका ६ बस्ने २२ वर्षीया अन्जनी थारु र उनका काका ७० वर्षीय बमबहादुर थारुको घरमै पुगेर आज बिहान चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ । 

गम्भीर घाइते भएका बमबहादुरको वडा नम्बर ४ मा रहेको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक (एसपी) प्रेम बस्नेतले बताए । 

त्यस्तै, अञ्जनीको भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए । उनका अनुसार दुईबीच विगत लामो समयदेखि प्रेम सम्बन्ध थियो । 

मोहनले विवाहको प्रस्ताव राखेपछि अञ्जनीले बेवास्ता गर्दै आएकी थिइन् । आफूलाई अस्वीकार गरेको बदला लिन मोहनले चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको उनले सुनाए । हाल मोहन प्रहरीकै हिरासतमा छन् ।

टिप्पणीहरू