प्रधानमन्त्री प्रचण्डको स्वागतका लागि भारतीय विदेश राज्यमन्त्री विमानस्थलमा

प्रधानमन्त्री प्रचण्डको स्वागतका लागि भारतीय विदेश राज्यमन्त्री विमानस्थलमा

भारतको औपचारिक चारदिने भ्रमणका लागि निस्कनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली पुग्नुभएको छ । 

आज दिउँसो साढे एक बजे नेपाल एयरलाइन्सको विमानबाट भारत प्रस्थान गर्नुभएका प्रधानमन्त्री पौने ३ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थानमा अवतरण गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरुले विमानस्थलमा भव्य स्वागत गरेका छन् ।

गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रधानमन्त्रीको यो पहिलो विदेश भ्रमण हो ।

प्रधानमन्त्री प्रचण्डले भोली भारतीय समकक्षी नरेन्द्र मोदीसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम छ । साथै, भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग पनि उहाँको शिष्टाचार भेट हुने बताइएको छ । 

प्रधानमन्त्री प्रचण्ड जेठ २० गते स्वदेश फर्कनुहुनेछ ।

टिप्पणीहरू