देउवाको दैलोमा मूर्दावादको नारा

देउवाको दैलोमा मूर्दावादको नारा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा नेपाल विद्यार्थी संघका नेताहरूले नाराबाजी गरेका छन् । नेविसंघको असन्तुष्ट पक्षले अध्यक्षविरुद्ध सभापतिको घर अगाडि नारा लगाएको हो । 

आज बिहान धुम्बाराहीस्थित पार्टी सभापतिको निवास पुगेर नेविसंघका नेता शिवराम बस्नेत नेतृत्वको टोलीले अध्यक्ष डुजाङ शेर्पाको राजीनामा माग्दै चर्को नाराबाजी गरे । 

त्यसक्रममा उनीहरुले शेर्पाले संगठनलाई अनिर्णयको बन्दी बनाएको, गतिदिन नसकेको, चरम गुटबन्दी गरेको आरोप लगाए ।

टिप्पणीहरू