भारतको विवादित नक्साप्रति केपी ओली क्रुद्ध

भारतको विवादित नक्साप्रति केपी ओली क्रुद्ध

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएकोमा चर्को आपत्ति जनाउनुभएको छ । 

भारतको हिजो उद्घाटित नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर उल्लेख छ । उक्त नक्साप्रति ओलीले आज आपत्ति प्रकट गर्नुभएको हो । 

अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भारतको संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को विवादित नक्सामा लुम्बिनी र कपिलवस्तु उल्लेख गरिएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराउनुभएको छ । 

भोलिबाट हुने भारत भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  उक्त नक्सामा भएको गल्ती सच्चाउन लगाउनुपर्ने ओलीले सुझावसमेत दिनुभयो ।

टिप्पणीहरू