दरबार र गौर हत्याकाण्ड उधिन्ने प्रधानमन्त्रीको उद्घाेष

दरबार र गौर हत्याकाण्ड उधिन्ने प्रधानमन्त्रीको उद्घाेष

प्रधानमन्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्डको अनुसन्धान गरेर तार्किक निश्कर्षमा पुर्याइने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले माओवादी मुख्यालय पेरिस डाँडामा बसेको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । 

उहाँले ठूला हत्याकाण्डका रुपमा परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्डलगायतका हत्याकाण्डहरुको अनुसन्धान र निचोडमा पुगिने धारणा राख्नुभएको हो । त्यसैगरी २०४६ पछिका सबै उच्च पदस्थ अधिकारीहरुका सम्पत्तिबारे पनि सोधखोज गरिने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘मैले सदनमा पनि भनेको छु अब भ्रष्टाचारका सबै फाइलहरु खोलिनेछन् । क्रमशः खुल्छन्, खुलाइन्छन् । मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणको बारेमा खोजीनीति गरिनेछ । ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजी गरिन्छ । ठूलाठूला भयानक हत्याकाण्डहरु छन्, ती हत्याकाण्डहरुको खोजिनीति गर्नुछ । चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड ।’

टिप्पणीहरू