बैंकक जाने यात्रुको ह्याण्डब्यागमा चरेश

बैंकक जाने यात्रुको ह्याण्डब्यागमा चरेश

काठमाडौंबाट बैंककतर्फ उड्न लागेका एक जना यात्रुको ह्याण्डब्यागमा तीन किलोग्राम चरेश फेला परेको छ । थाइ लायन उडान नम्बर एसएल २२१ मा हिजो साँझ उड्न ठिक्क परेका टेम्बा शेर्पाको साथबाट लागुपदार्थ फेला परेको हो ।

एम०८४४१३७ नम्बरको पासपोर्ट बोकेका सिन्धुुपाल्चोकका टेम्बा शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षको ह्याण्डब्याग जाँचपास एरियामा चरेशसहित फेला पारिएको र थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरमा पुर्याएर आवश्यक छानबिन थालिएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू