त्रिभुवन विश्वविद्यालय मंगलबारपछि २० दिन बन्द

त्रिभुवन विश्वविद्यालय मंगलबारपछि २० दिन बन्द

त्रिभुवन विश्वविद्यालयले आगामी मंगलबारपछि वर्षे बिदा दिने निर्णय गरेको छ । गत सोमबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले जेठ १६ गतेपछि बिदा दिने निर्णय गरेको बताइएको छ । 

त्रिविका आङ्गिक क्याम्पस, केन्द्रीय विभाग तथा विभागहरुमा पूर्वव्यवस्थाअनुसार शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई यस वर्षको वर्षे बिदा आ–आफ्नो निकायको अनुकुलता हेरेर दिन निर्देशन दिइएको छ ।

त्रिवि रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै बढीमा २० दिन बिदा दिन सकिने जनाएको छ । 

‘वर्षे बिदा पाउने शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई यस वर्षको वर्षे बिदा आ–आफ्नो निकायको अनुकुलता (परीक्षा, कक्षा सञ्चालन आदि अवस्था) हेरि मिति २०८० जेठ १६ गते उप्रान्त बढीमा २० दिनसम्म दिन सकिने निर्णय भएको’, जारी सूचनामा उल्लेख छ ।
 

टिप्पणीहरू