अमेरिकातिरै फर्किए एमसीसी उपाध्यक्ष

अमेरिकातिरै फर्किए एमसीसी उपाध्यक्ष

साताव्यापी नेपाल भ्रमण सकाएर अमेरिकी सहयोग परियोजना एमसिसीका उपाध्यक्ष जोनाथन अल्बर्ट ब्रुक्स फर्केका छन् । उनी टोलीसहित गएराति सवा २ बजे काठमाडौंबाट दोहा प्रस्थान गरेका हुन् ।

राहदानी एक्स०००१५५७ वाहक ब्रुक्स गत बिहिबार दिउँसो काठमाडौं उत्रेका थिए । उनी एमसिसीका युरोप,एसिया तथा प्रशान्त र ल्याटिन अमेरिकी क्षेत्र हेर्ने उपाध्यक्ष हुन् । 

बिहिबार आएको एमसीसी टोलीले शनिबार बिहानदेखि नेपाली उच्च अधिकारीहरुसँग भेटघाट थालेको थियो । उपप्रधान तथा गृहमन्त्री,अर्थ, ऊर्जा,भौतिक योजना  मन्त्रीसँगै अर्थसचिवसँग छुट्टाछुट्टै भेट गरेको थियो ।
 

टिप्पणीहरू