बैतडीमा नयाँ भाडादर कायम, तोकिएकोभन्दा बढी लिनेलाई कारबाहीको चेतावनी

बैतडीमा नयाँ भाडादर कायम, तोकिएकोभन्दा बढी लिनेलाई कारबाहीको चेतावनी

जिल्ला प्रशासन कार्यालय, बैतडीले छोटो दूरीमा चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर तय गरेको छ । जिल्लाभित्र सञ्चालनमा रहेका सवारी साधनको नयाँ भाडादर निर्धारण गरिएको हो ।   

गत जेठ ८ गते बसेको सरोकारवालाहरुको बैठकले नयाँ भाडादर निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । नयाँ भाडादर आजदेखि लागूसमेत भइसकेको उनले जानकारी दिए । 

जसअनुसार गोठलापानीदेखि त्रिपुरासम्मको भाडा २५ रुपैयाँ कायम गरिएको छ । त्रिपुरादेखि बाराकोटसम्म ३०, गोठलापानीदेखि झुलाघाटसम्म १५०, गोठलापानीदेखि वेरासम्म १५०, गोठलापानीदेखि देहिमाण्डौंसम्म ७०, देहिमाण्डौंदेखि सतबाजसम्म ५०, सतबाजदेखि पाटनसम्म ७०, सतबाजदेखि ठाँडसम्म ४०, ठाँडदेखि पाटनसम्म ३० रुपैयाँ तोकिएको छ । 

त्यस्तै, गोठलापानीदेखि पाटन १९०, पाटनदेखि हिरापुर ६०, पाटनदेखि मानिकाखान ८०, मानिकाखानदेखि खोड्पे ३०, पाटनदेखि खोड्पे ११०, गोठलापानीदेखि खोड्पे ३००, झुलाघाटदेखि बित्थड ५५०, ढोल्पोमोडदेखि पूचौडी २०० रुपैयाँ निर्धारण गरिएको छ । 

साथै, कच्ची सडकहरुमा प्रति किलोमिटर आठ रुपैयाँ पाँच पैसाका दरले भाडादर कायम गरिएको प्रशासनले जनाएको छ । तोकिएकोभन्दा बढी भाडा लिनेलाई कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

टिप्पणीहरू