कृत्रिम खुट्टाले सगरमाथा चढेर किर्तिमान बनाएका बुढालाई प्रधानमन्त्रीको भव्य स्वागत

कृत्रिम खुट्टाले सगरमाथा चढेर किर्तिमान बनाएका बुढालाई प्रधानमन्त्रीको भव्य स्वागत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरिबहादुर बुढालाई सिंहदरबार बोलाएर बधाई दिनुभएको छ ।

सगरमाथाको सफल आरोहण सकेर आजै काठमाडौँ आइपुगेका उनलाई सिंहदरबारस्थित कार्यालयमा निम्त्याएर प्रधानमन्त्रीले स्वागतसहित बधाई ज्ञापन गर्नुभएको हो । यसअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुढालाई पर्यटनमन्त्री सुदन किरातीले पनि स्वागत गर्नुभएको थियो ।

पूर्वबेलायती गोर्खा सैनिक बुढामगर रोल्पाको थवाङ्ग गाउँपालिकाका स्थायी बासिन्दा हुन् । दुवै खुट्टा नभएका बूढा जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका थिए । योसँगै कृतिम खुट्टा राखेर विश्वको सर्वोच्च शिखर चढ्ने उनी पहिलो व्यक्ति बनेका छन् ।

टिप्पणीहरू