खुल्ला ठाउँमा आगो फुक्नेलाई पाँच हजार जरिवाना

खुल्ला ठाउँमा आगो फुक्नेलाई पाँच हजार जरिवाना

काठमाडौं महानगरपालिकाले खुल्ला ठाउँमा आगो बाल्नेलाई जरिवाना तिराएको छ । 

खुल्ला स्थानमा आगो बालेर वातावरण प्रदुषण गरेको भन्दै महानगरले वडा नम्बर ९ का स्थानीय सञ्जिव राउतलाई आज पाँच हजार रुपैयाँ जरिवाना गरेको हो । 

खुल्ला स्थानमा आगो बाल्दा त्यसबाट निस्कने धुँवाले वायु प्रदुषण हुने र जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले महानगरपालिकाले यस्तो काम नगर्न सार्वजनिक आग्रहसमेत गरेको छ । अटेर गरेर आगो बालेमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

टिप्पणीहरू