प्रदेश मुख्यमन्त्रीहरुको भेला स्थगित

प्रदेश मुख्यमन्त्रीहरुको भेला स्थगित

पोखरामा भोलि आयोजना गर्न लागिएको सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला स्थगित भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सचिवालयले मुख्यमन्त्रीहरुको भेला स्थगित भएको जानकारी दिएको छ । 

गण्डकी प्रदेशको मन्त्रिपरिषद् कार्यालयले सातवटै प्रदेशका मुख्यमन्त्री र सचिवहरुको अनुभव आदानप्रदान गर्ने उद्देश्यले भेला आयोजना गर्ने तयारी गरेको थियो ।

मुख्यमन्त्री तथा सचिवहरुको भेलालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम थियो । तर, तत्कालका लागि भेला स्थगित गरिएको गण्डकीका मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले बताए ।

टिप्पणीहरू