सहकारीका कर्मचारीहरुको पाखुरामा कालोपट्टी

सहकारीका कर्मचारीहरुको पाखुरामा कालोपट्टी

सहकारी ऐन र नियमावली कार्यान्वयन नभएको भन्दै राष्ट्रिय सहकारी महासंघ आन्दोलित भएको छ । महासंघले आन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

आफ्ना माग पूरा नभएसम्म सबै जिल्लास्तरीय संघमा ‘हामी आन्दोलनमा छौँ’ भन्ने कालो ब्यानर राखेर सहकारी संघसंस्थाका कर्मचारीले कालोपट्टी लगाएर कार्यालयको दैनिक कार्यमा सहभागी भएको बताइएको छ । त्यस्तै, तीनै तहका सरकारद्वारा आयोजित अन्तरक्रिया, गोष्ठी, छलफल, तालिममा सहभागी नहुने र भद्र अवज्ञा गर्ने महासंघको निर्णय छ । 

महासंघकी वरिष्ठ उपाध्यक्ष तथा सहकारी समस्या समाधान सहजीकरण कार्यदलकी संयोजक ओमदेवी मल्लले आगामी शनिबार सबै जिल्लामा पूर्वतयारी भेला तथा जिल्ला सहकारी संघका अध्यक्षको संयोजकत्वमा ‘जिल्लास्तरीय सहकारी समस्या समाधान सहजीकरण संयन्त्र’ गठन गर्ने जानकारी दिएकी छन् । 

उनका अनुसार आइतबार सबै जिल्ला प्रशासन कार्यालयमा महासंघले जुलुससहित मात्रपत्र बुझाउने छ । जेठ १६ र १७ गते भने सातै प्रदेशमा सिठ्ठी जुलुससहित धर्ना दिने कार्यक्रम छ । जेठ २१ गतेदेखि सबै प्रदेशमा रिले अनसनसहितको विरोध कार्यक्रम तय भएको बताइएको छ ।

टिप्पणीहरू