भुटान हिँडेको चिनियाँ टोली खाजा खान काठमाडौँमा
भुटान जान लागेको चिनियाँ विदेश मन्त्रालयका महानिर्देशक होङ लियाङ नेतृत्वको उच्चस्तरीय सरकारी टोली काठमाडौँ ओर्लिएको छ । काठमाडौँ ट्रान्जिट हुँदै भुटानको राजधानी थिम्पुका लागि आज बिहान बेइजिङबाट निस्किएको १४ जनाको टोली अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै छ ।
चाइना एयरको सीए ४३७ उडानबाट बिहान ११ बजे अवतरण भएको उक्त टोलीमा विदेश मन्त्रालयका महानिर्देशक लियाङ,छिङ लि, छेन पेलिङ,काइ वेई, हउ सिछी, वाङ बिन, याङ जन , यिछी जिकाउ, यु फेंग, जिओ हग्लियांगलगायत रहेका छन् । उनीहरु ड्रुक एयरको केबी २०५ उडानबाट दिउँसो १:५० बजे थिम्पु उड्ने तालिका छ ।
नेपालका लागि चिनियाँ राजदूत छेन सोङसहित पाँच जनाको टोली उनीहरुको स्वागतका लागि बिहान विमानस्थल पुगेको थियो ।
टिप्पणीहरू