भद्रपुरबाट काठमाडौं उडेको सौर्यको विमान विराटनगरमा अवतरण

भद्रपुरबाट काठमाडौं उडेको सौर्यको विमान विराटनगरमा अवतरण

आज बिहानदेखि मौसममा देखिएको आकस्मिक परिवर्तनपछि आन्तरिक उडान अवरुद्ध भएका छन् । बिहान पौने ८ बजे भद्रपुरबाट काठमाडौंका लागि उडेको सौर्य एअरको विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि विराटनगर पुगेको छ ।

काठमाडौं विमानस्थलमा एअर ट्राफिक बढेपछि विमान फर्केर पूर्व गएको बताइन्छ । विराटनगरमा उक्त विमान साढे ९ बजे अवतरण गरेको हो ।

काठमाडौंबाट बिहान ८ बजे तुम्लिङटार उड्न ठिक्क परेको बुद्ध एअरको विमान मौसम खराबीका कारण झण्डै एक घण्टा ढिलो उडेको थियो । तर, ९ बजे उडेको उक्त विमान खराब मौसमका कारण फर्केर पुनः साढे १० बजे काठमाडौं विमानस्थलमा अवतरण गरेको हो ।

टिप्पणीहरू