आजदेखि काठमाडौँमा सम्पदा घुम्ती सेवा

आजदेखि काठमाडौँमा सम्पदा घुम्ती सेवा

आजदेखि राजधानीमा पर्यटक सेवामा केन्द्रित सम्पदा घुम्ती बस सेवा सञ्चालनमा आउने भएको छ । नेपाल पर्यटन बोर्डले ‘हफ अन हफ अफ बस’ परीक्षणका रुपमा चल्ने जानकारी दिएको हो । 

बोर्डका अनुसार काठमाडौं उपत्यकाका प्रमुख सम्प्रदाय क्षेत्रको प्रवद्र्धनका निम्ति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र साझा यातायातको सहकार्यमा घुम्ती बस सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

बोर्डले ललितपुर महानगरपालिकाको प्राङ्गणबाट बस सेवाको उद्घाटन हुने जनाएको छ । यो सेवाले विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूलगायत क्षेत्रमा पर्यटकको पहुँच पुर्याउने बताइएको छ । 

नेपालमा लामो समयदेखि घुम्ती सेवा थालनी गर्ने घोषणा गरिए पनि कार्यान्वयनमा आउन सकेको थिएन ।

टिप्पणीहरू