हेडसरको सरुवापछि गाउँपालिका र वडा कार्यालयमा आगजनी

हेडसरको सरुवापछि गाउँपालिका र वडा कार्यालयमा आगजनी

विद्यालयका प्रधानाध्यापकको सरुवा भएपछि बाराको सुवर्ण गाउँपालिकाको स्थिति तनावग्रस्त भएको छ । आन्दोलित प्रहरी र विद्यार्थीबीच झडप भएको छ भने, आन्दोलनकारीले गाउँपालिका र वडा कार्यालय भवनमा आगजनी गरेका छन् ।

सुवर्ण गाउँपालिका–४ मा रहेको नेरा माविका प्रधानाध्यापक राम एकवाल साहको सरुवा भएपछि विद्यार्थी र तिनका अभिभावक सडकमा उत्रेका हुन् । हिंसात्मक रुपमा विद्यार्थीहरु उत्रिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

प्रहरीसँगको झडपमा दुवै पक्षका घाइते भएका छन् । प्रहरीले पटक पटक लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको आन्दोलि विद्यार्थीहरुको भनाइ छ ।

गाउँपालिकाले स्थानीय हर्दिया परशुरामपुर र देवापुर बहुअर्वा माविका प्रधानाध्यापकसहित नौ जना शिक्षकलाई सरुवा गरेपछि बिहानैदेखि विद्यार्थीहरु सडकमा आन्दोलनको मुडमा देखिएका थिए ।

टिप्पणीहरू