रविको राहदानी मुद्दामा सरकारी अड्डा ‘टक्टकियो

रविको राहदानी मुद्दामा सरकारी अड्डा ‘टक्टकियो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति,पूर्वगृहमन्त्री तथा सांसद रवि लामिछानेले दोहोरो नागरिकता प्रयोग गरेको विरुद्ध परेको मुद्दामा मागिएको निस्साबारे सरकारी अड्डाले पानी माथिको ओभानो बन्ने जवाफ पठाएको छ । लामिछानेले अमेरिकी नागरिकता त्यागेको भनिएको प्रमाणको निम्ति निस्सा पठाइदिन सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयलाई गत वैशाख २७ गते पत्राचार गरेको थियो । अध्यागमन विभागलाई पनि अदालतले सोही व्यहोराको पत्र पठायो ।

तर,जिल्ला प्रशासन कार्यालयले जेठ ३ गते पठाएको जवाफमा ‘उक्त राहदानी त्यागसम्बन्धी निस्साको यस कार्यालयसङ्ग सम्बन्ध नरहेको’ व्यहोरा उल्लेख छ । उता विभागले पनि पुस २६ गते नै सोसम्बन्धी कागजातको सक्कल प्रति आठ थान पठाएकाले हाल आफूसँग नरहेको जवाफ दिएको छ । उसले लेखेको छ, ‘अदालतबाट पुनः यस विभागमा फिर्ता नपठाइएको व्यहोरा सादर अनुरोध छ ।’

लामिछानेले दोहोरो नागरिकता प्रयोग गरेको भन्दै युवराज पौडेल सफलले महान्यायाधिवक्ता कार्यालय, काठमाडौंसमेतलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए । महान्यायाधिवक्ता कार्यालयले लामिछानेको दोहोरो राहदानी सम्बन्धमा कुनै मुद्दा नचलाउने निर्णय गरेपछि  सफल सर्वोच्च गएका हुन् ।

सोही मुद्दा सुनुवाईको क्रममा सर्वोच्चले जिल्ला प्रशासन कार्यालय, काठमाडौं र राहदानी विभागसँग अमेरिकी राहदानी त्यागको निस्सा मागेको थियो ।

 

टिप्पणीहरू