नेपाल–अमेरिका व्यापार तथा लगानी बैठक आज

नेपाल–अमेरिका व्यापार तथा लगानी बैठक आज

नेपाल र अमेरिकाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता परिषद् (टिफा) को वार्षिक बैठक आज हुँदैछ । बैठकमा वस्तु तथा सेवा क्षेत्रबारे द्विपक्षीय व्यापार र लगानी प्रवद्र्धनका विषयमा छलफल हुने बताइएको छ । 

यसअघि सो सम्बन्धी पाँचौ बैठक सन् २०२० को डिसेम्बर १५ मा भर्चुअल भएको थियो । टिफा दुई मुलुकबीच सन् २०११ को अप्रिल १५ देखि कार्यान्वयनामा आएको हो । 

यसको मुख्य उद्देश्य नेपाल र अमेरिकाबीच व्यापार, लगानी र प्राविधिक सहयोग बढाउनुका साथै आर्थिक सम्बन्धलाई थप बलियो बनाउने रहेको छ ।

टिप्पणीहरू