बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम मंगलबार

बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम मंगलबार
सुन्नुहोस्

संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा आज अपराह्न २ बजेदेखि दुबै सदनको बैठक प्रारम्भ हुने बताइएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को आयव्ययको अनुमानित विवरण अर्थात् बजेट जेठ १५ गते संसदको संयुक्त बैठकमा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि आगामी मंगलबारको संयुक्त बैठकमा राष्ट्रपतिले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने हिजोको क्याबिनेट बैठकले निर्णय गरेको छ ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएपछि अधिवेश शुरु हुने कार्यसूची छ । त्यसपछि राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणलगायत पत्र, प्रधानमन्त्री कार्यालयबाट पत्रहरु पनि पढेर सुनाइने छ । 

आजको कार्यसूचीमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन, अधिवेशन प्रारम्भको अवसरमा मन्तव्यलगायत विषय समेटिएको छ ।

टिप्पणीहरू