भैरहवा उडेको बुद्ध एअरका दुई वटा विमान काठमाडौं फकाईयो, जताततै उडान अवरुद्ध

भैरहवा उडेको बुद्ध एअरका दुई वटा विमान काठमाडौं फकाईयो, जताततै उडान अवरुद्ध

काठमाडौंबाट भैरहवा उडेको बुद्ध एअरको दुई वटा विमान काठमाडौंमा अवतरण भएको छ । आज साँझ पौने ६ बजे भैरहवा उडेको बुद्धको उडान नम्बर बीएचए ८०१ को विमान आकाशबाटै फर्काएर साढे ६ बजे काठमाडौंमा अवतरण गराइएको बताइएको छ । 

त्यसअघि साढे ५ बजे उडेको उडान नम्बर बीएचए ८५९ को विमान पनि काठमाडौंमा फर्काएर साढे ६ बजे अवतरण गराइएको थियो । खराब मौसमका कारण विमान फर्काइएको जानकारी दिइएको छ ।

आज साँझ परेपछि मौसमका कारण भद्रपुर, विराटनगर, नेपालगञ्ज, भैरहवा र पोखराका अधिकांश उडान रोकिएका छन् । पोखरा विमानस्थल साँझ पौने ७ बजेदेखि बन्द गरिएको छ ।

टिप्पणीहरू