आरजू राणाको चेतावनी : दुई चार जना उफ्रिँदैमा रौं पनि झर्दैन

आरजू राणाको चेतावनी : दुई चार जना उफ्रिँदैमा रौं पनि झर्दैन

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी,काँग्रेस नेतृ तथा सांसद डा. आरजू राणा देउवाले अमूक व्यक्तिलाई चेतावनी दिएकी छन् । श्रीमती देउवाले एकाध जना विरोध गर्दैमा र उफ्रिँदैमा केही नहुने उल्लेख गरेकी हुन् ।

सामाजिक सञ्जालमार्फत् उनले व्यक्ति वा संस्थाको नाम उल्लेख नगरी आफूविरुध्द एकाध उफ्रिँदैमा केही फरक नपर्ने धारणा व्यक्त गर्दै लेखेकी छन्, ‘म यो देशमा १०४ वर्ष शासन गर्ने पुर्खाको सन्तान हुँ,मेरो श्रीमान राणा शासन ढाल्ने योध्दा । २, ४ जना बिदेशी फ्याउराहरु उफ्रिँदैमा मेरो र मेरो श्रीमानको खुट्टाको रौं पनि झर्दैन, चेतना भया ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भिआइपीहरुको नाम सार्वजनिक हुने क्रममा उनले उक्त चेतावनी दिएकी हुन् । आफू निकट पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत एक दर्जन प्रहरी खोरमा पुगेका छन् । अरु आधा दर्जनमाथि आरोप लागेको छ ।

स्वयम् डा. आरजू र खाँणकी श्रीमती मञ्जुमाथि उक्त काण्डमा क्रमशः २ करोड र ६ करोड बुझेको गम्भीर आरोप छ । आरोप लगाइएको भ्वाईस रेकर्डमाथि प्रहरीले आवश्यक छानबिन र अनुसन्धान थालेको बताइन्छ । यद्यपि टोपबहादुर रायमाझीले अस्ति बेलुका ५:३० बजे प्रहरीमा आत्मसमर्पण गर्न लागेको स्ट्याटसवाला झैँ आरजूको यो फेसबुक अकाउन्ट पनि आधिकारिक हो वा नक्कली यकिन भैसकेको छैन ।

टिप्पणीहरू