को हुन् एकाएक चर्चामा आएकी लिन्डा ?

को हुन् एकाएक चर्चामा आएकी लिन्डा ?

सामाजिक सञ्जाल ट्विटरमा लामो समयदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरिएको छ । कार्यकारी अध्यक्ष तथा ट्विटरका मालिक एलन मस्कले नयाँ सीईओमा एनबीसी युनिभर्सलकी पूर्वविज्ञापन प्रमुख लिन्डा याक्कारिनोलाई नियुक्त गरिएको बताएका छन् ।

पद रिक्त रहेको छ महिनापछि एलन मस्कले नियुक्त गरेका नयाँ सीईओले डेढ महिनापछि जिम्मेवारी सम्हाल्ने छिन् । अब मस्क ट्विटरको कार्यकारी अध्यक्ष र चिफ टेक्नोलोजी अफिसरको भूमिकामा रहनेछन् ।

लिन्डाले एनबीसी युनिभर्सलमा १२ वर्ष काम गरिसकेकी छन् । ६० वर्षे नयाँ सिईओले यसअघि ४० लाख अमेरिकी डलर वार्षिक तलब बुझ्थिन् । ट्विटरसँग भएको सम्झौतामा उनको तलब सार्वजनिक गरिएको छैन ।

टिप्पणीहरू