ठूलो संख्यामा कर्मचारी थप्दै प्राधिकरण

ठूलो संख्यामा कर्मचारी थप्दै प्राधिकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणले एकैचोटी ठूलो संख्यामा कर्मचारी माग गरेको छ । 

आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म रिक्त भएका विभिन्न पदमा खुला प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न लोकसेवा आयोगबाट सहमति प्राप्त भएअनुसार कर्मचारी भर्ना गर्न लागिएको हो ।

आज सूचना प्रकाशित गर्दै प्राधिकरणले प्रबन्धकदेखि सहायक पदसम्म गरी एक सयभन्दा बढी कर्मचारी मागेको छ । 

योग्यता पुगेका इच्छुकलाई २१ दिनभित्र आवेदन दिन प्राधिकरणको सूचनामा उल्लेख छ ।

टिप्पणीहरू