आरजू राणा कहाँ छ ? भन्दै एमाले विद्यार्थी पशुपतिमा
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै चावहिलको पशुपति बहुमुखी क्याम्पसमा जुलुस निकालेको छ ।
आज बिहान मित्रपार्कस्थित क्याम्पस परिसरमा उनीहरुले नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन् । अनेरास्ववियु पशुपति क्याम्पस इकाई कमिटीको आयोजनामा उक्त कार्यक्रम आयोजना गरेको बताइएको छ ।
प्रदर्शनका क्रममा मुखमा कालो टेप बाँधेका एमाले विद्यार्थीहरुले नक्कली शरणार्थी प्रकरण नाम जोडिएका सबैलाई समातेर अनुसन्धान गर्न माग गरेका थिए ।
प्रदर्शनकारीहरुले ‘भ्रष्टाचारी आरजू राणा कहाँ छ, अनेरास्ववियु यहाँ छ’, ‘सबै नेताको सम्पत्ति छानबिन गर’, ‘दोषीलाई कारबाही गर’, लेखिएका प्लेकार्ड बोकेका थिए ।
टिप्पणीहरू