नदी बगरमा जताततै गोहीका अण्डा

नदी बगरमा जताततै गोहीका अण्डा

चितवनको राप्ती नदीको बगरमा ठूलो संख्यामा गोहीका अण्डा फेला पारिएको छ । चितवन राष्ट्रिय निकुञ्जले गोहीका दुई सय ५९ अण्डा बटुलेको जनाएको छ । 

नदी किनारमा रहेको गोही प्रजनन केन्द्र वरपरका गुँडबाट अण्डा भेटिएको बताइएको छ । राप्तीको खोरसोरदेखि सीतामाईसम्मको बगरबाट अण्डा जम्मा पारिएको हो ।

अब ती अण्डाबाट गोही प्रजनन गराइन्छ । त्यसरी प्रजनन गराइएका गोहीका बच्चालाई हालसम्म राप्तीमा एक हजार १३२, नारायणीमा ४१९, कर्णालीमा ४१, कालीगण्डकीमा ३५, बबईमा ११० र सप्तकोशीमा ११५ वडा छाडिएको छ ।

टिप्पणीहरू