बुध्द एअरका साहुजीको घरमा बबाल

बुध्द एअरका साहुजीको घरमा बबाल

बुध्द एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत र अमेरिका बस्ने भाइ शिवेन्द्रबीचको सम्पत्ति विवाद छताछुल्ल भएको छ । उनीहरुबीच पुर्ख्यौली सम्पत्तिभन्दा पनि बुध्द एअरको सेयरमा विवाद बढेको बताइएको छ । 

बुध्द एयरका संस्थापक अध्यक्ष तथा उनीहरुका बुबा सुरेन्द्रबहादुर बस्नेतको निधनपछि छोराहरुबीच सेयरको लफडा देखिएको छ । भाइ शिवेन्द्रले दाइले सबै सम्पत्ति एक्लौटी पारेको भन्दै हिजो बबरमहलमा पत्रकार सम्मेलन गरेपछि नेपाली हवाई उडान क्षेत्रको "सम्राट" मानिएको बस्नेत परिवारभित्रको कलह बाहिर आएको हो ।

शिवेन्द्रमाथि विभिन्न बैंकबाट लिएको १५ करोड ऋण नतिरेवापत कालोसूचिको किस्सा छुट्टै छ । उनले कान्छी श्रीमती बबीपट्टीकी छोरीलाई नागरिकतासमेत दिलाएका छैनन् र शिवानी एअरमा पाइलट कोर्श पढाउने भनेर पैसा उठाई बिचल्लीमा पारिएका विद्यार्थीको बिजोग बेग्लै छ । उनले आफूलाई शरणार्थी भनेर अमेरिकाको ग्रीन कार्ड लिएका छन् । नेपालको आन्तरिक उडानमा ८० प्रतिशत प्रभाव रहेको कम्पनीका मालिकको छोरो कसरी गरिव,दुखी शरणार्थी हुनसक्छ र दुई देशको नागरिकता बोकी हिंड्न सक्छ ?

‘बुबाले भाग लगाइदिएको सेयर पनि दाइले खाइदिए,’पत्रकार सम्मेलनमा शिवेन्द्रले भनेका थिए, ‘पिताले दिएको ४० प्रतिशत सेयरको कुनै हिसाब छैन । म अमेरिका बसेको मौकामा सबै काम सिध्याइएछ ।’ पिता सुरेन्द्रले बुध्द एअरको सेयर स्वामित्व भाग लगाउने क्रममा दाइको नाममा २० र आफ्नो नाममा ८० प्रतिशत राखेका थिए । उनको निधनपछि दाइले बाबुको नामको ८० प्रतिशत आधा भाग लगाउनुपर्नेमा सबै कब्जा गरेको उनको आरोप छ ।

भाइले आफ्नो कानुनी आधारको माग गर्दा दाजुले घर र कार्यालयमा पस्न प्रतिबन्ध लगाएको शिवेन्द्रको आरोप छ । उनले भने,‘राजधानीमा आधा दर्जन घर,विभिन्न स्थानमा दशौं बिघा र दशौं रोपनी जग्गा भएका वीरेन्द्रको सम्पत्ति छानबिन गर्नुपर्दैन ? उनको आम्दानीको स्रोत खोज्नु पर्दैन ?’तर,बुध्द एअरको म्यानेजेरियल टीमका एक सदस्य भन्छन्- शिवेन्द्रमाथि विभिन्न बैंकबाट लिएको १५ करोड ऋण नतिरेवापत कालोसूचिको किस्सा छुट्टै छ । उनले कान्छी श्रीमती बबीपट्टीकी छोरीलाई नागरिकतासमेत दिलाएका छैनन् र शिवानी एअरमा पाइलट कोर्श पढाउने भनेर पैसा उठाई बिचल्लीमा पारिएका विद्यार्थीको बिजोग बेग्लै छ । उनले आफूलाई शरणार्थी भनेर अमेरिकाको ग्रीन कार्ड लिएका छन् । नेपालको आन्तरिक उडानमा ८० प्रतिशत प्रभाव रहेको कम्पनीका मालिकको छोरो कसरी गरिव,दुखी शरणार्थी हुनसक्छ र दुई देशको नागरिकता बोकी हिंड्न सक्छ ?

टिप्पणीहरू