काँग्रेसले बालकृष्ण खाँणमाथि अनुशासनको कार्वाहीबारे आज निर्णय गर्ने

काँग्रेसले बालकृष्ण खाँणमाथि अनुशासनको कार्वाहीबारे आज निर्णय गर्ने

नेपाली काँग्रेसले आज पनि पदाधिकारी बैठक डाकेको छ । हिजो साँझ पार्टी सभापति शेरबहादुर देउवाको अस्थायी निवास चप्पल कारखानामा बसेको बैठक आज पुनः दिउँसो २ बजे सोही स्थानमा बस्न लागेको हो ।

बैठकमा केन्द्रीय सदस्य बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि उत्पन्न परिस्थितिबारे छलफल हुने कुरा छ ।

हिजो साँझको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रहरी हिरासतमा रहेका खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका थिए ।

सोही आरोप लागेपछि नौ दिनदेखि फरार एमाले सचिव टोपबहादुर रायमाझीलाई एमालेले हिजो निलम्बन गरेको छ  ।
 

टिप्पणीहरू