प्रधानन्यायाधीशको सुनुवाइ गर्न एमालेबाट को-को खटिए ?

प्रधानन्यायाधीशको सुनुवाइ गर्न एमालेबाट को-को खटिए ?

संसदीय सुनुवाई समितिमा मनोनयनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चार जना सांसद छानेको छ । प्रमुख सचेतक पदम गिरी (पर्वत),सचेतक महेश बर्तौला (मकवानपुर),पूर्वमन्त्री योगेश भट्टराई(ताप्लेजुङ) र सांसद ईश्वरी जीएम (रोल्पा)को नाम उक्त समितिको निम्ति सिफारिस भएको छ ।

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ को उपनियम २ बमोजिम संसदीय सुनुवाई समितिमा उनीहरूलाई मनोनीत गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद सचिवालयमा सिफारिस गर्नुभएको हो ।

प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीशहरु,न्याय परिषदका सदस्य, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारी र राजदूतका लागि प्रस्तावित नाममा सुनुवाईका लागि संसदीय समिति रहने व्यवस्था छ । सबै दलले सिफारिस गरेका समिति सदस्यहरुको नाम सभामुखले प्रतिनिधिसभाको बैठकमा वाचन गर्नुहुनेछ ।

टिप्पणीहरू