एमाले बैठक शुरु,फरार पार्टी सचिव भारततिर

एमाले बैठक शुरु,फरार पार्टी सचिव भारततिर

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि शुरु हुँदैछ । चौथो बैठक आज बिहान १० बजेलाई डाकिएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको बैठक तीन दिनसम्म चल्ने र १० वटा कार्यसूची बनाइएको जानकारी पनि दिइएको छ । 

बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन,मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन,पार्टीमा प्रवेश गरेकाहरुको व्यवस्थापनलगायत कार्यसूची राखिएको छ ।

"हिजै साँझ प्रहरी कार्यालयमा आत्मसमर्पण गर्ने जानकारी दिएका उनी आजसम्म सम्पर्कमा छैनन्,बरु भारत छिरिसकेको प्रारम्भिक सूचना आएको छ ।"

एमाले बैठक नक्कली शरणार्थी प्रकरण चर्केको बेलामा हुन लागेको छ । उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र सचिव टोपबहादुर रायमाझी शरणार्थी प्रकरणमा मुछिएका छन् । रायमाझी नौ दिनअघि पक्राउ पुर्जी जारी भएपछि एकाएक फरार छन् । 

उनलाई हिजो सचिवबाट निलम्बन गरिएको एमालेले जनाएको छ । हिजै साँझ प्रहरी कार्यालयमा आत्मसमर्पण गर्ने जानकारी दिएका उनी आजसम्म सम्पर्कमा छैनन्,बरु भारत छिरिसकेको प्रारम्भिक सूचना आएको छ । हिजो दिउँसो अज्ञातस्थलबाट आफू बिरामी भएकाले अस्पतालमा उपचाररत रहेको व्यहोरा उल्लेख गरेर संसद सचिवालयमा निवेदन दर्ता गराएका छन् । तर,उपचाररत अस्पतालको नाम र जानकारी दिइएको छैन ।

एमालेका ३३५ केन्द्रीय सदस्यमध्ये दुई जना निलम्बित छन् ।

टिप्पणीहरू