हिजो बितेका जिउँदो शहीदको आज अन्त्येष्टि

हिजो बितेका जिउँदो शहीदको आज अन्त्येष्टि

दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ । उनको उपचारको क्रममा हिजो साँझ निधन भएका उनको आज अन्तिम संस्कार गरिने बताइएको छ । 

बनेपा निवासी उनको पछिल्लो समय स्थानीय शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको थियो । उनी २०६२ चैत २७ गते प्रहरीको गोली कञ्चटमा लागेपछि गम्भीर घाइते बनेका थिए । १७ वर्षसम्म उपचाररत मुकेश जनआन्दोलनमा घाइते हुँदा जम्मा १४ वर्षका थिए ।

लामो उपचारपछि उनको स्वास्थ्य अवस्थामा सामान्य सुधार भएको थियो । तर २०७५ असार महिनादेखि उनको स्वास्थ्य अवस्था खराब हुँदै गएको हो । मुकेशको उपचार र दैनिक स्याहारको निम्ति सरकारले निश्चित रकम र स्वास्थ्यकर्मी उपलब्ध गराउँदै आएको थियो ।

टिप्पणीहरू