प्रहरीले बल्ल पाए रोकिएको तलव

प्रहरीले बल्ल पाए रोकिएको तलव

नेपाल प्रहरीको चैत महिनाको रोकिएको तलबभत्तावापतको बजेट भर्खर निकासा भएको छ । बजेट अभावको कारण देखाउँदै रोकिएको गत चैत महिनाको तलब रकम हालै निकासा भएको बताइएको छ ।

अर्थ मन्त्रालयले बजेट निकासा भएको कोलेनिकालगायत सबैतिर जानकारी गराएपछि प्रहरी र तिनका परिवारले राहतको सास फेरेका छन् । एक महिनादेखि तलब रोकिएका कारण तल्ला तहका कर्मचारी र तिनका परिवार बिचल्लीमा परेका थिए ।

नेपाल प्रहरीमा कूल बजेटको तलब भत्तावापत ९३.५ प्रतिशत खर्च हुने गरेको छ । यो भनेको वार्षिक ४० अर्ब जति हुन आउने स्रोतले बतायो । अरु शीर्षकमा खासै धेरै बजेट नहुने भएकाले भौतिक संरचना निर्माण र अत्यावश्यक सुविधामा खर्च गर्न नेपाल प्रहरीले हात बाँधेर बस्नुपर्ने अवस्था छ ।

यस्तै अवस्था सशस्त्र प्रहरी बल नेपालमा पनि रहेको बताइन्छ ।

टिप्पणीहरू