हरिकृष्ण कार्कीलाई कन्फर्म प्रधानन्यायाधीश हुने बाटो खुल्ला

हरिकृष्ण कार्कीलाई कन्फर्म  प्रधानन्यायाधीश हुने बाटो खुल्ला

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस हुनुभएको छ ।   

आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीलाई सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो । बैठकको निर्णयबारे पत्रकारलाई जानकारी गराउँदै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश कार्कीलाई सर्वसम्मतिका साथ प्रधानन्यायाधीश बनाउन अनुमोदन गरेको जानकारी दिनुभयो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा सभामुख देवराज घिमिरे,राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना,कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी हुनुहुन्थ्यो ।

यो सँगै एक वर्षदेखि प्रधानन्यायाधीशविहीन रहेको न्यायालयले नेतृत्व पाउने भएको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरामाथि संसदमा महाभियोग प्रस्ताव दर्ता भएयता सर्वोच्च अदालत कामुको भरमा चल्दै आएको छ ।

टिप्पणीहरू