‘काँडेतार’ माथिको रोकबारे भीम रावलले बोल्ने

‘काँडेतार’ माथिको रोकबारे भीम रावलले बोल्ने

सामना फिल्मसले पर्सि पत्रकार सम्मेलन गर्ने भएको छ । राजधानी सामना फिल्मस प्रालि र काँडेतार परिवारको सहआयोजनामा पत्रकार सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा नेकपा एमालेका बिद्रोही नेता डा.भीम रावल,सामाजिक अभियन्ता प्रा.डा. सुरेन्द्र केसी एवम् नायक, निर्माता तथा निर्देशक नवल खड्काले आफ्ना धारणा राख्ने आयोजकको भनाई छ ।

"नेपाल सरकारको सेन्सर बोर्डले फिल्मका कारण नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा असर पुग्ने जनाउँदै ‘काँडेतार’ प्रदर्शनमा रोक लगाएको छ । " 

नेपाल सरकारको सेन्सर बोर्डले फिल्मका कारण नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा असर पुग्ने जनाउँदै ‘काँडेतार’ प्रदर्शनमा रोक लगाएको छ । सोही विषयलाई लिएर देशभक्तिपूर्ण चलचित्र निर्माणमा सरकार र नागरिकको भूमिकाबारे छलफल गर्न पत्रकार सम्मेलन गर्न लागिएको बताइएको छ ।

टिप्पणीहरू