बादल र टोपबहादुरको माओवादी प्रवक्ता महराले पोल खोल्ने

बादल र टोपबहादुरको माओवादी प्रवक्ता महराले पोल खोल्ने

पक्राउ पुर्जी जारी भएपछि फरार रहेका एमाले सचिव तथा पूर्व माओवादी नेताहरु रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीको बारेमा माओवादी प्रवक्ता कृष्णबहादुर महराले थप खुलासा गर्ने भएका छन् । उनले आज मध्यान्ह सवा १२ बजेपछि संवाद डबली अनामनगर पुगेर नक्कली शरणार्थी काण्डबारे बोल्ने बताइएको छ । 

सर्वसाधारण नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने योजना बुन्दै कराडौं रुपैयाँ उठाएको आरोपमा थापा गृहमन्त्री भएको बेलाका सुरक्षा सल्लाहकार इन्द्रजित राई,तत्कालीन गृह तथा हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, रायमाझीका छोरा सन्दीपलगायत गिरोहका अन्य पाँच जना पक्राउ परिसकेका छन् । 

डबलीको संवादमा महराले नक्कली भुटानी शरणार्थी,करोडौं असुलीलगायतका विषयमा पार्टीको धारणा सार्वजनिक गर्न लागेका हुन् । उक्त घटनामा पूर्वगृहमन्त्रीहरु रामबहादुर थापा बादल र बालकृष्ण खाँणसमेत तानिने सम्भावना बढेको छ । थापाका छोरा प्रतिकविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको छ ।

टिप्पणीहरू