नवनियुक्त मन्त्रीहरुको शपथ, प्रधानमन्त्रीको भागमा अझै दुई मन्त्रालयको जिम्मेवारी
हिजो नियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाली काँग्रेसका तीनजना मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले शपथ लिनुभएको हो ।
गत पुस १० गते प्रधानमन्त्री बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको क्याबिनेटमा यो नवौं पटक मन्त्रिपरिषद् बिस्तार हो । अझै प्रधानमन्त्रीको जिम्मेवारीमा वन तथा वातावरण र खानेपानी मन्त्रालय रहेको छ ।
टिप्पणीहरू