क्याबिनेट बैठकअघि बालुवाटारमा प्रभु साहसँग छलफल

क्याबिनेट बैठकअघि बालुवाटारमा प्रभु साहसँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आम जनता पार्टीका अध्यक्ष प्रभु साहबीच भेटवार्ता भएको छ । उहाँहरुबीच हिजो दिउँसो डाकिएको क्याबिनेट बैठकअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको बताइएको छ ।

भेटमा सञ्चारमन्त्री रेखा शर्मा पनि सहभागी हुनुभएको स्रोतको दाबी छ । छलफलमा दिउँसो बस्ने मन्त्रिपरिषदको बैठक र केही एजेण्डाबारे छलफल भएको साह निकट स्रोतले बताएको छ । 

हिजोको क्याबिनेटले संसदको वर्षे अधिवेशन आह्वानको निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसैगरी मीटरब्याजी पीडितहरुको समस्या समाधानको निम्ति तयार पारिएको अध्यादेश जारीको निम्ति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिएको थियो । 

हिजै साँझ राष्ट्रपतिबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी भइसकेको छ ।

टिप्पणीहरू