हिउँदे अधिवेशन सकिएको नौ दिनपछि वर्षे अधिवेशन

हिउँदे अधिवेशन सकिएको नौ दिनपछि वर्षे अधिवेशन

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

आज बसेको क्याबिनेट बैठकले संसद् अधिवेशन बोलाउन गरेको सिफारिसअनुसार राष्ट्रपतिले वर्षे अधिवेशन डाक्नुभएको हो । वैशाख २४ गते आइतबार अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान भएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो । 

संघीय संसद् सचिवालयले सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि आग्रह गर्दै सूचना जारी गरेको छ । 

‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०५० साल वैशाख २४ गते आइतबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नु भएकोले उक्त मिति, समय र स्थानमा माननीय सदस्यहरुको उपस्थितिको लागि अनुरोध गर्दछु’, महासचिव गौतमले जारी गरेको अत्यन्त जरुरी सूचनामा उल्लेख छ ।

 

यही वैशाख १५ गते संसद्को हिउँदे अधिवेशन सकिएको थियो । अब बजेट (वर्षे) अधिवेशन शुरु हुनेछ ।

टिप्पणीहरू