बालुवाटारमा बैठक सकियो, शुक्रबार फेरि बस्ने

बालुवाटारमा बैठक सकियो, शुक्रबार फेरि बस्ने

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक भर्खरै सकिएको छ । गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरु शुक्रबार पुनः बस्नेगरी उठेका हुन् ।  

बैठकमा आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम र बजेटबारे प्रारम्भिक छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले जानकारी दिए ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत सामेल गराएर सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको बताइएको छ ।

टिप्पणीहरू