कोरोनाबाट बच्न सूर्तीजन्य पदार्थको सेवन नगरौं : स्वास्थ्य मन्त्रालय

कोरोनाबाट बच्न सूर्तीजन्य पदार्थको सेवन नगरौं : स्वास्थ्य मन्त्रालय

सूर्तीजन्य पदार्थको सेवनबाट कोराना महामारीमा जोगिन गाह्रो पर्ने निश्कर्ष निकालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट जोगिन सूर्तीजन्य पदार्थको सेवन नगर्न सर्वसाधारणमा आग्रह गरेको छ । 

सूर्तीजन्य पदार्थको सेवनले रोग प्रतिरोधात्मक शक्तिलाई असर गर्ने र संक्रमणको सम्भावना बढाउने भएकाले त्यस्ता पदार्थ सेवन नगर्न आग्रह गरेको हो । मन्त्रालयका अनुसार सूर्तीजन्य पदार्थ सेवनको क्रममा ओठ, मुख औंला छुनुपर्ने भएकाले कोरोना संक्रमण सजिलै सर्ने सम्भावना बढी हुन्छ ।  

त्यस्तै दुई वा दुईभन्दा बढी व्यक्तिसँग साटासाट गरेर त्यस्ता पदार्थ सेवन गर्ने क्रममा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्न सक्ने सम्भावना बढी हुने पाइएको छ ।

यसका साथै कोरोना भाइरसले फोक्सोमा क्षति पुर्याउने हुँदा सूर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा समस्या थपिएर अर्को जटिलता निम्तिने मन्त्रालयले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

टिप्पणीहरू