डाक्टरको 'चेकअप फि' बढ्यो, अनुभवका आधारमा ४२० देखि ९४० सम्म

डाक्टरको 'चेकअप फि' बढ्यो, अनुभवका आधारमा ४२० देखि ९४० सम्म

आगामी जेष्ठ १ गतेदेखि अस्पतालको बिहिरंग (ओपिडी) शुल्क वृद्धि हुने भएको छ । 

नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) को गत चैत १८ गते बसेको बैठकले आगामी जेष्ठ १ गतेदेखि लागू हुनेगरी चिकित्सकको परामर्श शुल्क वृद्धि गर्ने निर्णय गरेको हो । 

निर्णयानुसार चिकित्सकको अनुभव र योग्यताका आधारमा बिरामीले एकपटक परामर्श सेवा लिँदा ४२० देखि ९४० सम्म शुल्क तिर्नुपर्ने चिकित्सक संघ र अफिनद्धारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । 

नयाँ शुल्क अनुसार पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस चिकित्सकले ४२० र पाँच वर्षभन्दा माथिको अनुभव भएका चिकित्सकले ५१५ रुपैयाँ शुल्क लिन पाउने छन् । 

त्यस्तै, एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा लिएका पाँच वर्षभन्दा कम अनुभव भएका चिकित्सकले ५९० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ६७० रुपैयाँ शुल्क लिन पाउने छन् । 

यता एमडी–एमएस र एमडिएस चिकित्सकको हकमा पाँच वर्ष अनुभव नभएकाले ७५० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ८०० रुपैयाँ शुल्क लिन पाउने जनाएको छ । 

डीमए तथा एमसीएच गरेका चिकित्सकको हकमा पाँच वर्षभन्दा कम अनुभव भएकाले ८८० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ९४० रुपैयाँ शुल्क लिन पाउने बैठकले निर्णय गरेको छ । 

त्यसैगरी, दश वर्षभन्दा बढी अनुभव भएका एमडीएमएस र एमडीएस चिकित्सकले ९४० रुपैयाँ शुल्क पाउने बताइएको छ । नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा नयाँ शुल्क निर्धारण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

 

टिप्पणीहरू