मन्त्री र पूर्वमन्त्रीको विराटनगर यात्रा
कोरोना महामारीका बेला नून ‘कालोबजारी’मा मुछिएका उद्योगपति तथा एमाले नेता मोतीलाल दुगड विराटनगरतर्फ उडेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली निकट भनेर चिनिएका उनी आज यती एयरको उडानबाट विराटनगर गएका हुन् । उनी साँझ सवा ७ बजे काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेको बताइएको छ ।
यता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ विराटनगरबाट काठमाडौँ फर्किएकी छन् । उनी श्री एअरलाइन्सको उडानमा बेलुकी ८ बजे काठमाडौँ आएकी हुन् ।
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षसमेत रहेकी श्रेष्ठ संघीय लिम्बुवान राष्ट्रिय मञ्चको एउटा खेमासँग पार्टी एकता गर्न आयोजित कार्यक्रममा सहभागी हुन् बिहान विराटनगर गएकी थिइन् ।
टिप्पणीहरू