कोरोना संक्रमित एकको निधन, थप ५१ जनामा संक्रमण

कोरोना संक्रमित एकको निधन, थप ५१ जनामा संक्रमण

आज पनि कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । त्यस्तै ५१ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।

एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी ३५ जना निको भएका छन् ।

हाल मुलुकभर सक्रिय सङ्क्रमित तीन सय ६१ जना छन् । तीमध्ये आइसोलेसनमा २७, आइसीयूमा आठ र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ ।

टिप्पणीहरू