पाटन अस्पताललाई कर्मचारी आवश्यक

पाटन अस्पताललाई कर्मचारी आवश्यक

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक, प्राविधिक र प्रशासन सेवातर्फका विभिन्न पदमा कर्मचारी भर्ना गर्न खुलाएको छ । 

आज सूचना प्रकाशित गर्दै प्रतिष्ठानले खुल्ला तथा समावेशी प्रतियोगितामार्फत स्थायी पदपूर्तिका लागि विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । 

प्रतिष्ठानका अनुसार प्राध्यापक, सहायक प्राध्यापक, लेक्चर, नसिङ्ग सुपरभाइजर, ल्याव टेक्नोलोजिष्ट, अडियोलोजिष्टलगायत करिब दुई दर्जन कर्मचारी भर्ना गर्ने तयारी छ ।
  
योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आगामी जेष्ठ ४ गतेसम्म आवेदन दिन आग्रह गर्दै प्रतिष्ठानले दोब्बर दस्तुर तिरेर जेष्ठ ११ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

टिप्पणीहरू