प्रधानमन्त्री दाहाल निजामती अस्पतालमा

प्रधानमन्त्री दाहाल निजामती अस्पतालमा

प्रधानमन्त्री पुष्पकमल दाहाल मीनभवनस्थित नेपाल निजामती अस्पताल पुग्नुभएको छ । अस्पताल हाताभित्र निर्मित नयाँ भवन हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि रहनुभएका प्रधानमन्त्री केहीबेर अघि त्यहाँ पुग्नुभएको बताइएको छ ।

मित्रराष्ट्र चीनको सहयोगमा ग्वाङ्झौ कन्स्ट्रक्सन लिमिटेडद्वारा नवनिर्मित भवनको हस्तान्तरण, उद्घाटन तथा चिनियाँ मेडिकल टिमको ६० औं वार्षिक उत्सव कार्यक्रम अस्पताल परिसरमा भर्खरै शुरु भएको छ । 

कार्यक्रममा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, मुख्यसचिव शंकरदास बैरागी, नेपालका लागि चिनियाँ राजदूत छन सोङ, चिनियाँ कम्पनीका प्रतिनिधिलगायतको कार्यक्रममा उपस्थिति रहेको बताइएको छ ।
 

टिप्पणीहरू