कोरानाबाट एक जनाको निधन, थप ८२ जनामा संक्रमण

कोरानाबाट एक जनाको निधन, थप ८२ जनामा संक्रमण

बितेको २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ । 

उक्त अवधिमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

१६ सय ३४ जनाको नमूना परीक्षण गर्ने क्रममा उक्त संख्यामा संक्रमित भेटिएका हुन् । आज थपिएकासहित हाल सक्रिय संक्रमितको संख्या ३६१ पुगेको छ । 

तीमध्ये एक जना भेन्टिलेटर, पाँच जना आईसीयु र २९ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ६५ जना निको समेत भएका छन् ।

टिप्पणीहरू